जनकपुर- बिहेमा प्रयोग गरिने डिजे रथ पल्टिँदा सर्लाहीमा एकजनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले दिएको जानकारीअनुसार गोडैता नगरपालिका १० का २२ वर्षीय विकास महतोको बिहीबार रथ पल्टिँदा मृत्यु भएको छ।
सिसौटियाबाट सोही नगरपालिका– ४ रोहुवामा जाँदै गरेको अवस्थामा रथ पल्टिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले जानकारी दिए।
दुर्घटनामा परि महतोको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते भएका महतोको उपचारको क्रममा सर्लाही अस्पताल मलङ्वामा मृत्यु भएको हो।
रथ महतोको आफ्नै रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।