काठमाडौं– कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनका अध्यक्ष पदका लागि लोकतान्त्रिक पक्षधरका तर्फवाट पूर्व महासचिव सुनिलकुमार पोखरेलले घोषणा गरेका छन्।
उनले राजधानीमा पत्रकार सम्मेलन गर्दै न्यायपालिकालाई स्वतन्त्र बनाई न्यायमा जनताको पहुँच पुर्याउन आफ्नो उम्मेदवारी रहेको बताए।
उनले लोकतन्त्र, विधिको शासन र स्वतन्त्र न्यायपालिकाको पक्षमा आफूहरु रहेकोले निर्वाचनमा विजयी हुने दाबी उनले गरे।
पोखरेलले अदालतको स्वतन्त्रता आफ्नो पहिलो एजेन्डा भएको भन्दै न्यायपालिकालाई स्वतन्त्र, भ्रष्टाचारमुक्त, निर्भीक र राजनीतिक हस्तक्षेप मुक्त गराई जनताको न्यायमा पहुँच पुर्याउन भुमिका निभाउने बताए।
पोखरेलले संविधानको मर्मविपरीत हुने कुनै पनि कार्य बार एसोसिएसनलाई स्वीकार्य नुहने स्पष्ट पार्दै न्यायलयलाई र विधिको शासनलाई सही बाटोमा हिँडाउन आफ्नो पक्ष सफल हुने दाबी गरे।
आगामी चैत २६ गते बार एशोसियसनको निर्वाचनका हुँदै छ।
सत्तारुढ नेकपा र विपक्षी नेपाली कांग्रेस निकट कानून व्यवसायीले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
पोखरेल कांग्रेस निकट प्यानलबाट अध्यक्षका उम्मेदवार हुन् भने नेकपा निकट प्यानलबाट चण्डेश्वर श्रेष्ठ उम्मेदवार छन्।
अध्यक्षमा अन्य ६ जनाले पनि उम्मेदवारी दिएका छन्। २५ सदस्यीय समितिमा महिला खुल्ला उपाध्यक्ष एक जना र प्रत्येक प्रदेशबाट एक/एक जना गरी ८ जना उपाध्यक्ष रहनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।