• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रदेश- १ : वर्षदिन बित्दा पनि संसदीय समिति नेतृत्वबिहीन, कानुन निर्माणको काम अन्योलमा 

64x64
नेपाल लाइभ बिहीबार, फागुन ९, २०७५  १७:२२
1140x725

विराटनगर- प्रदेश १ को प्रदेशसभा अन्तर्गत रहने विभिन्न ७ समितिमा रहने सदस्य टुंगो लागेको एक वर्ष बित्नै लागेको छ। तर यस बीचमा न त ती समितिले राजनीतिक नेतृत्व पाएका छन्, न त प्रशासनिक नेतृत्व नै। सबै समिति अहिले सभापति र सचिको अभावमा छन्। यसले कानुन निर्माणको काम अन्योलमा परेको छ। 

प्रदेश १ मा प्रदेशसभा संसदीय समितिका सचिवको अभावमा कानुनी बहस र छलफल प्रभावित भएका छन्। प्रदेशसभा सचिवले तोक्ने संसदीय सचिवहरु अझैसम्म टुङ्गो लाग्न सकेका छैनन्। प्रदेशसभा अन्तर्गत रहने संसदीय समितिका सचिवका विषयमा स्पष्ट कानुन नभएकाले सचिव अभाव भएको हो। 

प्रदेशसभाको सचिव तोक्न आवश्यक ‘प्रदेशसभा सचिवालय व्यवस्था गर्न बनेको विधेयक’ पनि न्याय, प्रशासन तथा विधायन समितिमा पुगेर अड्किएर बसेको छ। ज्येष्ठ सदस्य चन्द्रपसाद श्रेष्ठको अध्यक्षतामा १४ सदस्यीय न्याय प्रशासन समितिको बैठक ४ पटक बसेपनि विधेयकका विषयमा गम्भीर छलफल हुन सकेको छैन। सोही कानुनको अभावमा प्रदेशसभा सचिवको पद रिक्त छ भने सचिवले तोक्ने संसदीय समितिका सचिव पनि नियुक्त हुन सकेका छैनन्। 

सचिव चयन हुन नसक्दा संसदीय समितिमा पुगेका महत्वपूर्ण विधयेकमाथि छलफल हुन सकेको छैन। सचिव मात्र होइन, संसदीय समितिका सभापतिको पनि टुङ्गो लाग्न सकेको छैन। 

प्रदेशसभा गठन भएको एक वर्ष बितिसक्दा पनि संसदीय समितिको सभापति नतोकिँदा संसद्को नियमित काम कारबाहीमा समेत असर पुग्न थालेको छ।

प्रदेशसभा नियमावलीअनुसार प्रदेश १ मा ७ वटा समिति रहने व्यवस्था छ। २०७४ चैतमा सबै समितिका सदस्यहरूको मनोनयन भएपनि सभापति भने अझैसम्म पनि चयन हुन सकेका छैनन्।

संसद्का न्याय, प्रशासन तथा विधायन समिति, सुशासन तथा योजना समिति, अर्थ समिति, सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, उद्योग, पर्यटन तथा वातावरण समिति र प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति गरी ७ वटा समिति छन्। संसदीय समिति मध्ये ३ वटा समितिमा छलफलका लागि प्रदेशसभाबाट विधयेक पुगेका छन्।

प्रदेशसभामा अहिले न्याय, प्रशासन तथा विधायन समिति, सामाजिक विकास समिति, प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा विधेयक पुगेका छन्। सदनमा सामान्य छलफल मात्र हुने कानूनहरू विषयगत समितिमा गहन छलफल हुनुपर्ने भएपनि संसदीय समितिका सभापति र सचिव चयन हुन नसक्दा कानुन बन्ने प्रक्रिया नै रोकिएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर छलफलको प्रस्ताव लैजाने काम सचिवको हो। सचिवका अभावमा समिति निस्क्रिय बन्ने गरेको छ। 

समितिका सभापतिभन्दा सचिवको भूमिका महत्वपुर्ण हुने तर्क गर्छन् अधिवक्ता तथा पूर्व सांसद रेवतीरमण भण्डारी। 'सचिव भए ज्येष्ठताका आधारमा सभापतिको जिम्मेवारी तोकेर पनि छलफल चलाउन सकिन्छ' पूर्वसांसाद भण्डारीले भने, ‘सचिव नै भएन भने सभापति भएपनि केही काम हुँदैन।’ कानुनी व्यवस्था गरेर यथाशीघ्र प्रदेशसभा सचिव र संसदीय समितिका सचिवको जिम्वेवारी टुङ्गो लगाउनुपर्ने उनको तर्क छ।

प्रदेशसभा सचिवालयसम्बन्धी विधेयक र सुशासन प्रत्याभूति गर्न बनेको विधेयक गरी २ विधेयक न्याय, प्रशासन तथा विधायन हाल समितिमा पुगेका छन्। तर सचिव र सभापतिको अभावमा छलफल हुन भने सकेको छैन। सदनमा दर्ता भइसकेको प्रादेशिक विद्युत् सम्बन्धी विधेयक पनि प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समितिमा छ। यसरी विधेयकहरू धमाधम संसदीय समितिमा पुगेपनि अझैसम्म छलफलको बिषय बन्न सकेको छैन।  

सभामुख प्रदीप भण्डारी भने प्रदेशसभा नियमावली पश्चात् सचिवहरूको टुङ्गो लाग्ने बताउँछन्। सचिवको व्यवस्था भएपछि सभापतिको चयन गरिने उनको भनाइ छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

'भर्खरै सुरु भएको हिँउदे अधिवेशनले प्रदेशको नाम र राजधानीका विषय छलफलको प्रक्रियामा छ,' उनले भने, 'त्यसपश्चात सचिवहरु र सभापतिका विषयमा प्रवेश गरिने छ।'

प्रकाशित मिति: बिहीबार, फागुन ९, २०७५  १७:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार सार्वजनिक कार्डमा उनले सामाजिक न्याय, सुशासन, दलित अधिकार, जलवायु न्याय, प्रेस स्वतन्त्रता, शिक्षा, स्वास्थ्य तथा सार्वजनिक... बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत आर्थिक सम्बन्धलाई उत्पादनमूलक, विविधतायुक्त र दिगो बनाउन व्यापार, लगानी, ऊर्जा, डिजिटल प्रव... बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन नेपालस्थित अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनसहित अमेरिकी कंग्रेसका कर्मचारीहरूको प्रतिनिधिमण्डलले बाढी प्रभावित क्षेत्... बिहीबार, असोज २९, २०८३
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्