बेइजिङ- चीनका पूर्व प्रधानसेनापतिलाई आजीवन काराबासको सजाय दिने फैसला भएको छ।
भ्रष्टाचारविरुद्धको अभियानको क्रममा राष्ट्रपति सि जिन पिङले उनलाई यसअघि नै पदच्यूत गरिसकेका थिए।
चिनियाँ सरकारी सेनाको सर्वोच्च पदमा सन् २०१२ मा नियुक्त भएका फाङ फेङघुई अहिले कारबाहीमा परेका चिनियाँ सरकारी सञ्चारमाध्यमले बुधबार जनाएकाे छ।
उनलाई सन् २०१७ को अगष्टमा जिम्मेबारीबाट हटाइएको थियो।
सैन्य अदालतले नै उनलाई दोषी ठहर गर्दै आजीवन जेल सजायको फैसला गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ।
चीनमा भ्रष्टाचार लामो समयदेखि देशका लागि ठूलो समस्या बनेको छ। भ्रष्टाचारविरुद्धका अभियानहरू चलाइएका छन् भने हजारौँ सरकारी उच्च अधिकारी कारबाहीमा परेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।