काठमाडौं- नर्भिक अस्पतालमा उपचाररत भारतका चर्चित गायक सोनु निगम डिस्चार्ज भएका छन्। उपचारपछि उनी भारत फर्किएका छन्। अस्पतालबाट उनी सोझै एम्बुलेन्समार्फत त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।
बुधबार दिउँसो २ बजे उनी अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ।
ढाडको मांशपेसीमा समस्या आएपछि गायक निगम मंगलबार अस्पताल भर्ना भएका थिए। उनको समस्यामा सुधार आएपनि पूर्णरुपमा निको हुन भने समय लाग्ने बताइएको छ।
पोखरामा रहँदा उनको ढाडको मांशपेसीमा समस्या देखिएपछि मंगलबार दिउसो १ बजेर १५ मिनेट जाँदा अस्पताल भर्ना भएका थिए।
गायक निगमको डा पंकज जलान र डा प्रवीण नेपालको टोलीले उपचार गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।