• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
इन्टरटेनमेन्ट लाइभ

‘अहम्’ले एकअर्काको कामको प्रशंसा गर्न सकिएरहेका छैनौं : राजन खतिवडा [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बुधबार, फागुन ८, २०७५  १९:२९
1140x725

राजन खतिवडा नेपाली रंगमञ्चका अभिनेता र नाटक निर्देशक हुन्। तर, उनी नाटक अभिनय र निर्देशनसँगै रंगकर्मलाई दर्शकमाझ पुर्‍याउन अनेक उपाय खोज्न र सोच्नमा व्यस्त रहन्छन्। अभिनयकलामा पोख्त रंगकर्मी खतिवडालाई नयाँ भूमिकामा प्रस्तुत हुन मात्रै होइन, नाट्य क्षेत्रमा नयाँ–नयाँ काम गरिरहन मन लाग्छ। अनामनगरस्थित मण्डला थिएटरमा आवद्ध भएर नाटकप्रेमीहरुकाे नाटक हेर्ने चाहना परिपूर्ति गर्दै आइरहेको उनको समूहले यसलाई पाठशालाका रुपमा विकाससमेत गरेको छ।

यतिबेला उनी अन्तर्राष्ट्रिय नाटक महोत्सवका लागि खटिइरहेका छन्। जुन फागुन १३ देखि २० गतेसम्म नेपालका विभिन्न नाटकघरमा हुँदैछ। नेपाली रंगकर्मीहरुको साझा प्रयत्नमा हुन लागेको यस महोत्सवमा खतिवडा ‘महोत्सव निर्देशक’को जिम्मेवारीमा छन्। खतिवडासँग महोत्सवको सन्दर्भमा गरिएको कुरानकानीः

तपाईंलाई अचेल आफू अभिनेता भन्दा बढी अभियन्ता भएँ जस्तो लाग्दैन?

मलाई पनि महसुस भएको कुरा हो याे। पछिल्ला दिनहरुमा रंगमञ्चभन्दा बढी यसलाई फैलाउने अभियानमै पो बढी लागियो कि!

नाटक महोत्सव गर्ने सुर कस्नुभएछ। कसरी आयो सोच?

म आवद्ध मण्डला थिएटर नेपालसहित काठमाडौंका अन्य सक्रिय नाट्यसंस्था/घर शिल्पी थिएटर, सर्वनाम थिएटर, कथाघेरा, थिएटर मल, एक्टर्स स्टुडियो, वन वर्ल्ड थिएटर र थिएटर भिलेज यो महोत्सवमा सहकार्य गर्दैछौं। यो सामूहिक कर्मको व्यग्र प्रतिक्षामा लामो समयदेखि थिएँ म। हामी काम त गरिरहेका छौं। तर, छुट्टाछुट्टै। हामी एक खालको प्रष्पिर्धामा पनि छौं। यसरी गर्दाको ‘अहम्’ले एकअर्काको कामको प्रशंसा गर्न सकिएरहेका छैनौं। खुलेर कामको बारेमा व्याख्या विश्लेषण गर्न सकिरहेका छैनौं।

त्यसैले मिलेर काम गर्ने चाहना थियो। यसैको एउटा रुप ‘डाइरेक्टर्स वर्कसप’ हो। जहाँ नाटक निर्देशन सिकाइन्छ। यो वर्कसपबाट निस्केकाहरुले एक–एक वटा नाटक तयार पार्नुपर्छ। उनीहरुलाई नाटक देखाउने अवसर खोज्दै जाँदा 'अन्तर्राष्ट्रिय महोत्सव' जस्तो वृहत कार्यक्रम तय भएको हो।

यो अन्तर्राष्ट्रिय महोत्सवबाट नेपाली नाट्यकर्मीले के लाभ लिन सक्छन्?

Ncell 2
Ncell 2
nimb
nimb

महाेत्सवमा विदेशी नाटक नेपालमा देखाइनेछन्। यसले नेपाली रंगकर्मीको सोचको दायर फराकिलो बनाउन योगदान दिनेछ। फरक परिवेश, शिल्प, कला र प्रयोगका नाटक हेर्दा यहाँका नाट्यकर्मीलाई फरक विचार निर्माण गर्न उत्प्रेरित गर्नेछ। यसबाहेक एउटा बहसको प्रारम्भ गर्ने सोचमा हामी छौं। त्यो हो, नेपाली रंगमञ्चको साझा भाषा निर्माण। अब हामीले नेपाली रंगमञ्चको एउटा साझा भाषा बनाउनैपर्ने छ।

कतिवटा विदेशी नाटक देखाइनेछन्?

महोत्सवमा १८ विदेशी र १२ नेपाली नाटक देखाइने तय भएकाे छ। नाटक मञ्चनसँगै नाटकहरुमाथि अन्तरक्रिया गरिनेछ। भर्खरै नाटक छान्ने जस्तो अप्ठ्यारो खुड्किलो पार गरिएको छ। महोत्सवमा आफ्नो नाटक परोस् भन्ने अपेक्षा राख्ने नेपाली रंगकर्मीहरुको संँख्या ठूलो थियो नै। यसबाहेक विदेशका १ सय ३५ नाटकले दरखास्त हालेका थिए। तर, नेपाली १२ र विदेशका १८ वटा नाटक मात्रै छानिए। १८ नाटकका १ सय ९० जना रंगकर्मी नेपाली रंगमञ्चमा देखिनेछन्।

कस्ता नेपाली नाटकलाई महोत्सवमा प्राथमिकता दिइयो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

पहिल्यै देखाइसकिएका नाटक छानिएनन्। त्यसमा पनि हामी र मभन्दा अघिल्लो पुस्ताका नेपाली कलाकारका नाटक महोत्सवका लागि छानिएका छैनन्। यसको कारण छ, हामीले रंगमञ्चमा नयाँ पुस्तालाई उत्प्रेरित गर्न महोत्सव आयोजना गरेका हौं। त्यसैले पहिलो हक नयाँ पुस्ताका कलाकार/निर्देशकको हुन्छ। उनीहरुकाे मेहनत र लगावकाे हामी अग्रजले सम्मान गर्नेछौं।

यसको आर्थिक भार कसरी उठाइँदै छ। राज्यको कुनै सहयोग छ?

रंगकर्मीहरुको यो होस्टेमा 'जीआइजेड'ले हैंसे गरेको छ। यस्ता कला, भाषा र संस्कृतिमा राज्यले पनि केही लगानी गरोस् भन्ने चाहना हाम्रो छ। यही अवसरमा राज्यको ध्यानाकर्षण गराउन सकिन्छ कि भन्ने झिनो आशा पनि हामीले पालेका छौं।

कला, संस्कृति र रंगमञ्च राज्यको प्राथमिकतामा किन पर्न सकेन वा पार्न सकिएन?

रंगमञ्चमा नाट्य मेला, उत्सव तथा नाटकघरहरुको अभाव भइरहँदा पनि राज्यस्तरबाट पहल भइरहेको छैन। त्यसैले देशैभरिका रंगकर्मी जुटेर यस महोत्सवको आयोजना गर्न लागिएको हो। आगामी दिनमा स्थानीयस्तरमा काम गरिरहे का कलाकर्मीहरुलाई उत्प्रेरणा र सहयोगको वातावरण बनाउन स्थानीय तहसँग समन्वय गरी समग्र रंगमञ्च र अन्य प्रदेशहरुमा समेत नाट्य संस्कृतिको विकास गर्नुलाई यस महोत्सवले आफ्नो उद्देश्य ठानेको छ। यस महोत्सवलाई समानान्तर रुपमा काठमाडौंबाहिरका २ वटा शहरहरुमा समेत लैजाने योजना समेत हाम्रो छ।

प्रकाशित मिति: बुधबार, फागुन ८, २०७५  १९:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जब ट्रक घरभित्र पस्यो...
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ?
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी
सम्बन्धित सामग्री
मेहन्दी समारोहमा मक्ख प्रियंका मंगलबार, फागुन १३, २०७६
कमेडी च्याम्पियनबाट बाहिरिए गौडेल सोमबार, फागुन १२, २०७६
जुत्ता पालिस गर्दै हिँड्ने सनी हिन्दुस्तानी बने इन्डियन आइडल आइतबार, फागुन ११, २०७६
ताजा समाचारसबै
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
आफ्नो कामको आफै मूल्यांकन गर्दै रास्वपा सचेतक परियारले निकाले रिपोर्ट कार्ड, के छ कार्डमा ? बिहीबार, असोज २९, २०८३
बुढीगण्डकी बाढी अपडेट : ११ विदेशीसहित ७६ जनाको उद्धार, करिब ४ हजार केजी राहत ढुवानी बिहीबार, असोज २९, २०८३
परराष्ट्रमन्त्री खनालद्वारा भारतीय लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह बिहीबार, असोज २९, २०८३
नुवाकोटमा अमेरिकी दूतावासकी कार्यवाहक प्रमुख बोल्डिनसहितको टोलीद्वारा अनुगमन बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्