काठमाडौं – ‘परम्परागत पोषिला र स्थानीय खाद्य पदार्थको प्रवद्र्धन गरौं, असल पोषणका लागि खाने बानीमा सुधार गरौं’भन्ने नाराका साथ यही फागुन १० गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा खाद्य मेला हुने भएको छ।
मेलामार्फत खानेबानी सुधारका लागि मुलुकका विभिन्न स्थानमा पाईने र कम प्रचलनमा रहेका पोषिला खाद्य वस्तु र परिकारहरुको प्रचार प्रसार गर्ने मुख्य लक्ष्य रहेको छ। मेलामार्पmत खाद्यप्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धानबाट विकसित नयाँ तथा पोषिला खाद्य परिकारको प्रवद्र्धन गर्ने, स्वदेशी खाद्य उद्यमी तथा व्यवसायीहरुबाट उत्पादित खाद्य वस्तुको प्रवद्र्धन गर्ने लक्ष्य आयोजकको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको आयोजना गर्न लागेको मेला नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघको सह आयोजक रहेको छ। मेलामा स्थानिय उत्पादनमा आधारित विभिन्न जातजातीका मौलिक परिकार, विभिन्न शिक्षण संस्था तथा पोषणसम्बन्धी पेशागतसंस्थाहरु, अचार, बेकरी, चिप्स, भुजियालगायत वस्तुहरु राखिने खाद्य प्रविधि तथा गुणस्तर विभागले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।