राजविराज- समयमा वजेट उपलब्ध नहुँदा सप्तरीमा चारवर्षदेखि सञ्चालित वन दशक कार्यक्रम प्रभावित हुदै गएको छ। कार्यक्रमअन्तर्गत नर्सरी व्यवस्थापन, विरुवा उत्पादनलगायतका कुनै पनि काम अघि वढेको छैन।
असोजको पहिलो सातामै उपलब्ध हुनुपर्ने बजेट फागुनको पहिलो सातासम्म पनि उपलब्ध नभएको डिभिजन वन कार्यालय राजविराजका प्रमुख धिरेन्द्र प्रसाद सिंहले जानकारी गराए। १०÷१५ दिनभित्र वजेट नपाए यस वर्षका कार्यक्रम सफल पार्न नसकिने उनको भनाई छ।
वन क्षेत्रको पहुँचबाट टाढा रहेका सहरी तथा ग्रामीण समुदायलाई वि.सं. २०८० सालभित्र घाँस, दाउरा, काठ आदि आधारभूत वन पैदावार उपलब्ध गराउने उदेश्यले वन दशक कार्यक्रम सुरु गरिएको थियो। सरकारको आव २०७१/०७२ को बजेट वक्तब्यमार्फत सुरु गरिएको यो कार्यक्रम सप्तरीसहित १८ जिल्लामा सञ्चालित छ।
वृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रमअन्तर्गत सञ्चालित यो कार्यक्रमले वनको पहुँच नभएका क्षेत्रमा वन पैदावारको आपूर्ति, हरियाली प्रवद्र्धन, वातावरण सुधार एवम रोजगारी सृृजनामा समेत योगदान गर्ने अपेक्षा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।