विराटनगर– उदयपुरको गाईघाट–साउने खण्डको त्रियुगा नगरपालिका–१० बाह्र किलोमिटर मोडमा ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ।
सगरमाथा लोकर्माग अन्तर्गत गत आँपटारबाट सदरमुकाम गाईघाट तर्फ जाँदै गरको ना ५ त ६७६२ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो।
दुर्घटनामा चालक त्रियुगा नगरपालिका १५ का २७ वर्षीय दुर्गाबहादुर मगर र रौतामाई गाउँपालिका ५ का ४३ वर्षीय दिलबहादुर राईको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ४ जना घाइते छन्।
ट्र्याक्टरमा चालक मगर सहित ६ यात्रु सवार थिए। आँपटारबाट सिन्कौली (तेजपत्ता) बोकेर हिँडेको ट्र्याक्टर आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताए।
घट्नाको थप विवरण आउन बाँकी नै रहेको रानाभाटले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।