बझाङ- मोटरसाइकल दुर्घटना हुदा बझाङमा २ जनाको मृत्यु भएको छ। घटनामा १ जना गम्भीर घाइते भएका छ।
मृत्यु हुनेमा जयपृथ्वी नगरपालिका-१० बस्ने वर्ष २३ का पवन छत्याल र जयपृथ्वी नगरपालीका-७ सुवेडा बस्ने २४ वर्षिय प्रेम हमाल रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
घाइते हुनेमा जयपृथ्वी नगरपालिका-१० चैनपुरका २० वर्षिय आकाश सिंह रहेका छन्। घाइते सिंहको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। गएराति जयपृथ्वी नगरपालिका-७ मालेभिरमा से६प ६४६६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो।
तमैल बजारबाट चैनपुर आउनेक्रममा मोटरसाइकल दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकल सडकबाट करीब १ सय मिटर तल खसेको हो।
बिहान ४ बजे घाइते आकाश सिंहले सम्पर्क गरेपछि मात्रै दुर्घटनाबारे जानकारी पाएकाे प्रहरीले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।