गलकोट,बाग्लुङ- बाग्लुङ जिल्लाको जैमिनी नगरपालिका-८ छिस्तीमा मंगलबार साँझ जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। ध १ ज ७९१ नम्बरको जिप छिस्तीको टुनीबोटमा दुर्घटना भएको हो। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किंदै गरेका विद्यार्थी अभिभावक सवार जिप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले बताए।
सडकदेखि करिब ७ सय मिटर तल खसेको जीपमा यति नै मानवीय क्षति भएको एकिन गर्न नसकेको अधिकारीको भनाइ छ।
घटनामा उद्धारको कार्य भइरहेको र विस्तृत विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।