जनकपुर– प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले पत्रकार र सञ्चारमाध्यमलाई पूर्ण स्वतन्त्रताको अधिकार दिइने प्रतिबद्धता जनाएका छन्।
एक अन्तरक्रिया कार्यक्रममा उनले संघीय सरकारले पत्रकार र सञ्चारमाध्यममाथि बन्देज लगाउने गरी कानुन ल्याएको बताउँदै प्रदेश २ सरकारले निर्माण गर्न लागेको कानुनमा भने पूर्ण प्रेस स्वतन्त्रता रहने बताए।
जनताले सोेचेको जस्तो प्रदेश सरकारले काम गर्न नसके पनि कानुन बनाउने चरणसम्म पुगेको कुरालाई उपलब्धिको रुपमा लिएको उल्लेख गर्दै मन्त्री यादवले भने, ‘विकासका लागि सबैभन्दा महत्वपूर्ण र जग हाल्ने चरण हलचलको चरण हो, त्यसलाई प्रदेश सरकारले पार गरिसकेको छ, अब कानुन बनाएर अघि बढ्ने हो। त्यसपछि विकास र समृद्धिले गति लिन्छ।’
उनले प्रहरी र सुरक्षाको विषय प्रदेश सरकारको अधिकारको विषय भएको संविधानले नै सुनिश्चित गरिसकेको अवस्थामा प्रमुख जिल्ला अधिकारीलाई प्रदेश सरकार भन्दा शक्तिशाली बनाउन खोजेको आरोप लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।