काठमाडौं- मुख्य घटनाक्रम सहितको नेपाल लाइभ समाचारका मुख्य समाचार शीर्षकहरूः
१) खानेपानी मन्त्रालयका सचिवको सरुवा, ३ अर्ब भुक्तानी दिन नमान्दा मन्त्रिलेनै सरुवा गराएको आरोप।
२) माथिल्लो कर्णाली जलविद्युत आयोजनामा लगानी जुटाउन जिएमआरलाई एक बर्ष म्याद थप्ने तयारी, असोज ३ देखि पर्ख र हेरको अवस्थामा लागानी बोर्ड।
३) वरिष्ठ न्यायाधीश दीपकराज जोशीले दिए राजिनामा, जिम्मेवारी विहिन भएकाले राजिनामा दिएको जोशीको भनाई।
४) धनगढी प्रिमियर लिगमा सिवाइसी अत्तरिया बन्यो समूह विजेता, काठमाडौं गोल्डेन्समाथी ७ विकेटको जित।
५) र, अमेरिका र चीन बीच आयात कर वृद्धिका विषयमा दोस्रो पटक वार्ता हुदै, दुवैपक्ष बीच मंगलबारबाट वार्ता हुने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।