जलालावाद– अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारको खोगीआनी जिल्लामा तालिबान लडाकू समूहलक्षित सोमबार भएको सुरक्षा कारबाहीमा कम्तीमा ९ लडाकू मारिएका छन्।
प्रान्तीय सरकारद्वारा मंगलबार प्रकाशित विज्ञप्तिमा सोमबार राति भएको यस कारबाहीको क्रममा तालिबान लडाकूका प्रमुख शिविर ध्वस्त भएको जनाइएको छ।
यस कारबाहीका बारेमा तालिबानी समूहले भने कुनै टिप्पणी गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।