काठमाडौं- निर्वाचन आयोगले निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ।
प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवले आवधिक निर्वाचनलाई अझै स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन निर्वाचन सञ्चालन कार्यतालिकाको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका हुन्। उनले निर्वाचन सम्पन्न गराउने कामलाई अझै व्यवस्थित बनाउने गरी निर्वाचनको लागि आवश्यक कानुन, ऐन र प्रविधिमा सुधार ल्याउन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।
तेस्रो निर्वाचन दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विदेशमा रहेका मतदाताहरुलाई मतदान गर्ने उचित व्यवस्था गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए।
निर्वाचन आयोगले २०१५ साल फागुन ७ गते नेपालमा पहिलो पटक आम निर्वाचन भएको दिनको स्मरण गर्दै ३ वर्षयता निर्वाचन दिवस कार्यक्रम आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।