जनकपुर– धनुषामा आधा शरीर जलेको अवस्थामा मृत भेटिएकी बालिकाको सामूहिक बलात्कारपछि हत्या भएको पुष्टि भएको छ।
धनुषाकी ११ वर्षीया बालिका दुतिया रैसेलीको शव जलेको अवस्थामा फागुन २ गते भेटिएको थियो।
मिथिला नगरपालिका–३ हरिहरपुरका नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन्। उनको शव घर नजिकैको झाडीमा फेला परेको थियो।
उनी बोल्न नसक्ने प्रकृतिकी थिइन्।
घटना शंकास्पद भन्दै प्रदेश २ प्रहरी र जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान सुरु गरेको थियो।
अनुसन्धानबाट बालिकाको सामूहिक बलात्कार गरेर जिउँदै जलाइएको पाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा केही व्यक्ति पक्राउ परिसकेको उनीहरुलाई १–२ दिनमै सार्वजनिक गरिने प्रहरीले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।