काठमाडौं– युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानले दाङका प्रगतिवादी कवि नारायण शर्मा अधिकारीलाई युद्धप्रसाद मिश्र स्मृति पुरस्कार प्रदान गरेको छ।
सोमबार प्रतिष्ठानद्धारा राजधानीमा आयोजित कार्यक्रमा सो पुरस्कार प्रदान गरिएको हो।पुरस्कारको राशी २० हजार रुपैयाँ रहेको छ। कार्यक्रम प्रगतिवादी कवि वासुदेव अधिकारीले सो पुरस्कार अधिकारीलाई हस्तान्तरण गरेका थिए।
कार्यक्रममा मिश्रमाथि अनुसन्धान गरेका र उनकै विषयमा विद्यावारिधि गरेका डा. पशुपतिनाथ तिमल्सिनाले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न माग गरे।
कार्यक्रमा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले मिश्रलाई प्रथम गणतन्त्रवादी कवि घोषणा गर्न प्रतिष्ठानले अगुवाई गर्ने र त्यसमा सबै साहित्यकारले सहयोग गर्न आग्रह गरे।
कार्यक्रममा डा जीवेन्द्रदेव गिरी, डा लेख निरौला, डा बालचन्द्र मिश्र, कमल मिश्रलगायतले मिश्रको योगदानबारे चर्चा गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।