काठमाडौं– चलचित्र बुलबुलको पोस्टर हटाउन प्रहरीले निर्देशन दिएको छ।
चलचित्रमा मदिराको विज्ञापन देखिएकाले पोस्टर हटाउन निर्देशन दिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिए।
निर्माता र निर्देशकलाई कार्यालयमै बोलाएर पोस्टर हटाउन निर्देशन दिइएको र हटाउन सुरु पनि भएको बोगटीले बताए।
चलचित्र बुलबुल शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ।
बुलबुल विनोद पौडेलद्वारा निर्देशित फिल्म हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।