तेह्रथुम- तेह्रथुम जिल्ला आठराई गाउँपालिका–३ ह्वाकुमा आइतबार दिउँसो आगलागी हुँदा एक बालकको ज्यान गएको छ।
स्थानीय रूद्र खातीका घरमा आगलागी हुदाँ खातीका ६ वर्षीय छोरा मौसम खातीको जलेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय आठराईले जनाएको छ।
आगलागीबाट करिब ६ लाख ८० हजारको क्षति भएको छ।
घर नजिकैको पराल राखिएको मतानमा बच्चा खेल्ने क्रममा लाईटर सल्काएको र आगलागी हुँदा घरसमेत जलेको प्रहरीले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।