काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले भ्रष्टाचारलाई मात्र प्रश्रय दिएको आरोप लगाएका छन्।
मेलम्ची आयोजना, वाइडबडी जहाज खरिद प्रकरण, एनसेल लाभकर विवाद र ३८ किलो सुन तस्करी प्रकरणलगायतका घटनाले सरकारले भ्रष्टाचार तीव्र रुपमा मौलाएको उनले आरोप लगाएका हुन्।
नेपाल लाइभको समय संवाद कार्यक्रममा सरकारको एक वर्षे समीक्षा गर्दै अध्यक्ष थापाले सरकार असफल भएको बताए।
'यो सरकार पनि विगतका सरकारको निरन्तरता मात्र हो। पाँच वर्षे म्यान्डेट पाएपनि यो सरकारले जनअपेक्षाअनुसारका काम गर्न सकेन,' अध्यक्ष थापाले भने, 'यो सरकारले हिँडेको बाटो नै उल्टो छ। बाटो नै उल्टो भएपछि जतिसुकै राम्रो ड्राइभर र गाडी राखेपनि गन्तव्यमा पुग्न सकिन्न।'
सरकारका कामका मार्गचित्रका बारेमा पुनर्विचार गर्न समेत आग्रह गरेका छन्।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।