काठमाडौं– गायिका मेलिना राई र गायक तथा मोडल आर्जन पाण्डेयको नयाँ गीत ‘रेलिमाई-२’ सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गीत रेलिमाई-२ लाई ‘झिमिक्कै परेली’ शीर्षकमा सार्वजनिक गरिएको हो।
प्रतीक पौडेलेको संगीत रहेको गीतमा गायक पाण्डेय र अभिनेत्री केकी अधिकारीको अभिनय देख्न सकिन्छ। पाण्डेय र अधिकारी केही समययता प्रेम सम्बन्धमा रहेको चर्चा फिल्ली बजारमा चलेको छ।
उनीहरूबीचको सम्बन्धलाई सञ्चारमाध्यमहरुले गसिपका रुपमा प्राथमिकताका साथ 'कभर' गर्दै आएका छन्। यद्यपि उनीहरूले भने यो कुरा स्वीकार गरिसकेका छैनन्।
तर हालै सार्वजनिक सो म्युजिक भिडियोमा उनीहरूको 'स्क्रिन सेयर'ले भने केकी र आर्जन अफेयरमा रहेको अनुमान लगाउनेलाई थप प्रमाण जुटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।