काठमाडौं- नयाँ शक्ति पार्टीका प्रदेशसभा सदस्य नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन्। रसुवा (ख) बाट प्रदेश-३ मा निर्वाचित प्रेम तामाङ नयाँ शक्तिबाट नेपाली कांग्रेस प्रवेश गर्न लागेका हुन्। प्रदेशसभामा नयाँ शक्तिबाट निर्वाचित तामाङ एक मात्र सांसद हुन्।
तामाङसहित आमाछोदिङ गाँउ पालिकाका प्रमुख बुचुङ तामाङ पनि कांग्रेसमा प्रवेश गर्न लागेका हुन्।
कांग्रेस सभापति शेरबहादुर देउवाले फागुन १३ मा नयाँ शक्तिका नेता तथा कार्यकर्तालाई पार्टीमा भित्र्याउन लागेका हुन्।
पार्टी प्रवेश गराउन सह-महामन्त्री डा प्रकाश शरण महत, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, युवा नेता गगन थापालगायतका नेताले कार्यक्रममा सम्बोधन गर्ने बताइएको छ।
कार्यक्रम रसुवास्थित कालिकास्थानमा हुने बताइएको छ।
गत निर्वाचनमा रसुवा जिल्लामा नेपाली कांग्रेस र नयाँ शक्तिपार्टीले चुनावी गठबन्धन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।