डोटी- दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले नगरक्षेत्रमा बसोबास गर्ने जोकसैले कुनै पनि बहानामा बालश्रमिक राखेलाई नगरपालिकाबाट प्रदान गरिने सरकारी सेवा सुविधा नदिने बताएका छन्।
बालश्रम निषेध गराउन नगरपालिकाको सामाजिक विकास समितिले आयोजना गरेको सरोकारवालासँगको अभिमुखीकरण तथा अन्तर्क्रिया कार्यक्रममा नगरप्रमुख मलासीले नगरपालिकामा बालश्रमिक राख्ने कुरा ‘फेसन’को रुपमा अगाडि बढिरहेको भन्दै नगरपालिकालाई बालश्रमिक मुक्तनगर बनाउने अभियानमा आफूहरु लागिपरेको बताए।
उनले भने, 'हामी एक वर्षदेखि लागि बालश्रम अन्त्य गर्ने प्रयासमा छौँ, कसैले कुनै पनि बहानामा बालश्रम राखेको पाइए तिनलाई सरकारी सेवा सुविधाबाट वञ्चित गराउनेछौँ।'
उनले कोही कसैले कसैका बालबच्चालाई पढाइदिने र पालिदिने भन्दै घरमा राखी श्रममा लगाएको देखिए त्यस्ता व्यक्तिको घर परिवारको सूची तयार पारी कालो सूचीमा समेत नाम राख्ने नीति नगरपालिकाले बनाइरहेको जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।