काठमाडौं– नेकपाका सांसद गोपालबहादुर बमले संसदको 'शून्य समय'को उपलब्धि पनि शून्य रहेको बताएका छन्।
'शून्य समयमा जिल्लाका समस्याका कुरा उठेका हुन्छन्। 'शून्य'को पूर्णांक पनि शून्य छ। सुनुवाइ पनि शून्य छ। उपलब्धि पनि शुन्य अवस्थामा छ। प्रभावकारी ढंगले अगाडि बढोस्', सोमबारको प्रतिनिधिसभा बैठकमा बमले भने।
उनले मुगु जिल्ला लगायतका हिमाली जिल्लाहरुमा उच्च हिमपातका कारण त्यहाँका जनजीवन अप्ठ्यारोमा परिरहेको भन्दै जनजीवन पनि शून्य अवस्थामा रहेको बताए।
'मुगु जिल्लाको एकमात्र सडक तिब्बत जोड्ने सडकको उपलब्धि पनि शून्य छ। १२ जना कर्मचारी रहेको आयोजना अफिस पनि बन्द छ। तलब पनि खान पाएका छैनन्', उनले थपे।
सांसदहरुले सार्वजनिक महत्त्वको विषयबारे कुरा राख्न संसदमा शून्य समयको व्यवस्था गरिएको हुन्छ। प्रतिनिधिसभा सदस्यले एक मिनेटमा आफ्नो कुरा राख्न पाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।