काठमाडौं– नेपाली कांग्रेसले विविध विषयमा दिने आफ्नाे धारणा प्रकाशमा ल्याउने स्वरुपलाई प्रविधिमैत्री बनाएकाे छ।
यसअघि पत्रकार सम्मेलन गरी प्रेस विज्ञप्ति निकाल्दै आएकाे कांग्रेसले सरकारकाे एक वर्षीय कार्यकालकाे समिक्षा गर्दै भिडियाे विज्ञप्ति जारी गरेकाे हाे।
नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सरकारको वार्षिक समिक्षाको विज्ञप्ति भिडियोमा सार्वजनिक गरिएको कांग्रेसले जनाएकाे छ। पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले विज्ञप्तिलाई भिडियोमा प्रस्तुत गरेका हुन्। भिडियोमा शर्माको प्रस्तुतिका साथै इन्फोग्राफिक्सको प्रयोग भएको छ।
हेर्नुहोस् भिडियो विज्ञप्ति:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।