काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत रुपन्देही च्यालेन्जर्स ३३ रनमै अलआउट भएको छ। डिपिएलमा कुनै पनि टिमले बनाएको यो कम स्कोर हो।
टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोल्डेन्सले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको रुपन्देही १५.१ ओभरमा ३३ रनमै अलआउट हुँदा १०० रनले पराजित भयो।
रुपन्देहीका ओपनरद्वय प्रदीप ऐरी ४ र सन्दीप सुनार ३ रनमा आउट भएका थिए। बाबर हायत (३), भीम सार्की (०), विनोद भण्डारी (१), पुनित मेहरा (३), सुमित महर्जन (५), बिक्रम शोव (३), बसन्त रेग्मी (२), ललित भण्डारी (१) र अनिल खरेल (१*) रनमा आउट भएका थिए।
बलिङमा काठमाडौंका नन्दन यादवले ३ विकेट लिएका थिए। यस्तै ललितनारायण राजवंशी र सूर्य तामाङले २–२ विकेट लिए। अंकित दबास र योगेन्द्रसिंक कार्कीको नाममा १–१ विकेट रह्यो।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३३ रन जोड्यो। काठमाडौका लागि अनिलकुमार साहले २३४ रन जोड्दा अंकित दबासले ४३ रनको योगदान दिए। दबासले ४० बलमा १ चौका र ३ छक्का हिर्काए। रासिद खानले ५ बलमा २ चौङ्का र १ छक्काको मद्दतमा नटआउट १४ रन जोडे।
बलिङमा रुपन्देहीका विक्रम शोव, पुनित महेरा र अनिल खरेलले २–२ विकेट लिए।
जितसँगै काठमाडौंले ४ खेलबाट ७ अंक जोडेको छ। काठमाडौं प्लेअफमा पुगिसकेको छ। रुपन्देहीको ४ अंक छ। उसको प्लेअफ पुग्ने सम्भावना कायमै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।