सप्तरी– मालपोत कार्यालय, सप्तरीमा कार्यरत दुई कर्मचारी घुससहित पक्राउ परेका छन्।
कार्यालयका नायब सुब्बा राम नरायण शर्मा र कम्प्युटर अपरेटर राजेश कुमार साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
मोही जग्गाको बाँडफाँड भई श्रेस्ता कायम गराइदिने कामका लागि सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचनाको आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो।
सेवाग्राहीसँग ३ हजार रुपैयाँ घुसबापतको रकम लिएको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।