काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगितामा महेन्द्रनगर युनाइटेडले पहिलो जित हात पार्दै प्लेअफ पुग्ने सम्भावना जीवितै राहेको छ। महेन्द्रनगरले सिवाइसी अत्तरियालाई ७ विकेटले हराएको हो।
धनगढीको फाप्ला मैदानमा पानी जमेका कारण ६ ओभरमा घटाइएको खेलमा पहिले ब्याटिङ गरेको अत्तरियाले ५ विकेटको क्षतिमा ५४ रन जोडेको थियो। उसका लागि ओपनर सनी पटेलले ११ बलमा १९ रन जोडे। यस्तै जयकिशन कोल्शावाला र दीपेन्द्रसिंह ऐरीले १०–१० रन जोडे। बलिङमा महेन्द्रनगरका अविनास बोहराले सागर ढकालले २–२ विकेट लिए।
५५ रनको लक्ष्य महेन्द्रनगरले २ बल बाँकी छदा ३ विकेटको क्षतिमा पार गर्यो। उसका लागि सुब्रमन्यु आनन्दले ९ बलमा २ चौका र १ छक्काको मद्दतमा १७ रन जेका थिए। आरिफ शेखले ७ बलमा नटआउट १५ रन जोडेका थिए भने कुशल मल्लले ८ बलमा ६ रन जोडे।
जितसँग महेन्द्रनगरको ५ खेलबाट ४ अंक भएको छ। अब रुपेन्द्रेही च्यालेन्जर्स अन्तिम खेलमा फराकिलो अन्तरले पराजित भए महेन्द्रनगरको प्लेअफ सम्भावना बाँकी रहनेछ। पहिलो हार बेहोरेको अत्तरियाकव ३ खेलबाट ४ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।