काठमाडौं- अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्स पराजित भएको छ। सन्दीपको स्टार्सलाई मेलवर्न रेनेगेड्सले उपाधि भिडन्तमा १३ रनले हराएको हो। जससँगै स्टार्स उपविजेतामा सीमित बन्दा रेनेगेड्स च्याम्पियन बन्यो।
पहिले ब्याटिङ गरेको रेनेगेड्सले ५ विकेटको क्षतिमा १ सय ४५ रन बनाएको थियो। सामान्य लक्ष्य पछ्याएको स्टार्टसले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ३२ रन मात्र जोड्न सक्यो। ९३ रनमा पहिलो विकेट गुमाएको स्टार्टसले बाँकी ६ विकेट गुमाउँदा ३९ रन मात्र जोड्न सक्यो।
स्टार्सका ओपनर बेन डंकले ५७ रन र मर्कोस स्टोइनिसले ३९ रन जोडे। तर अन्य ब्याट्सम्यान सस्तैमा आउट भएका थिए। १३ ओभरमा पहिलो विकेट गुमाएको उसले त्यसपछि १८ ओभरमको प्रत्येक ओरभमा विकेट गुमायो।
बलिङमा रेनेगेड्सका ड्यानियल क्रिस्टियन, क्रिस ट्रेमेन र क्यामरन बोएसले २-२ विकेट लिए।
त्यसअघि रेनेगेड्सका लागि टम कुपरले नटआउट ४३ र ड्यानियल क्रिस्टियनले नटआउट ३८ रन जोडेका थिए। त्यसअघिका ब्याट्सम्यानलाई भने स्टार्सका बलरले सस्तैमा आउट भएका थिए।
ज्याकसन बर्ड र एडम जाम्पाले २-२ विकेट लिए। सन्दीप लामिछानेले भने विकेट लिन सकेनन्। उनले ४ ओभरमा १६ रन खर्चिदा १ चौका दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।