बार्सिलोना- स्पेनिस ला लिगामा बार्सिलोनाले रियल भोलडोलिडलाई १-० गोलले पराजित गरेको छ।
बार्सिलोनाका लागि लिओनल मेसीले पेनाल्टीमा गोल गरे। उनले खेलको ४३ मिनेटमा गोल गरेका थिए। सिजनमा मेसीको यो ३०औं गोल हो।
यद्यपी मेसीले दोस्रो हाफमा पाएको पेनाल्टीमा भने गोल गर्न सकेनन्। काउटिन्होलाई फाउल गरेपछि पाएको पेनाल्टीमा मेसीको प्रहारलाई भोलडवलिडको गोलकिपर जोर्डी मासिपले बचाएका थिए।
यता लिगको अर्को खेलमा एट्लेटिको म्याड्रिडले रायो भालेकानोलाई १-० गोलले हराएको छ। उसका लागि एन्टोनी ग्रिजम्यानले ७४ मिनेटमा गोल गरेका थिए।
लिगको शीर्ष स्थानको बार्सिलोनाको २४ खेलबाट ५४ अंक छ। एट्लेटिको ४७ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ। एक खेल कम खेलको रियल म्याड्रिडको ४५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।