म्यानचेस्टर- म्यानचेस्टर सिटी एफए कप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सिटीले शनिबार भएको खेलमा न्युपोट सिटीलाई ४-१ गोलले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो।
सिटीका लागि लिरोए सानले ५१ मिनेटमा पहिलो गोल गरे। फोडेनले ७५ र ८९ मिनेटमा गरी २ गोल गरे। महारेजले दोस्रो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गरे।
यता ब्रिंटनले डर्बीलाई २-१ ले हराएको छ भने मिलवालले विम्बल्डनलाई १-० ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।