रुपन्देही– ‘स्वास्थ्यका लागि खेलकुद, राष्टका लागि खेलकुद’ भन्ने नाराका साथ तिलोत्तमा गोल्डकप नकआउट फुटबल प्रतियोगिताको २१औं संस्करण शनिबारबाट बुटबलमा सुरु भएको छ।
बुटबल उपमहानगरपालिका¬–११ देवीनगरस्थित एन्फा एकेडेमीको रंगशालामा हुने फुटबल प्रतियोगिता बुटबल उपमहानगरका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका हुन्। कार्यक्रम उद्घाटन गर्दै प्रमुख शिवराज सुवेदीले नगरपालिकाले ३ वर्षभित्र स्तरीय रंगशाला निर्माण गर्ने र देशमै उत्कृष्ट खेलकुदको गन्तव्यस्थल बनाउने दाबी गरे।
शनिबार भएको उद्घाटन खेलमा झापा–११ विजयी भएको छ। सशस्त्र प्रहरी बलको एपिएफ क्लबलाई २–० ले हराउँदै पहिलो खेल झापाले आफ्नो पक्षमा पारेको हो। २१औं संस्करणमा एपिएफ क्लब, झापा–११ दाफिन्स एफसी, क्यामरुनसुनसरी ११लाली रुपन्देही ११च्यासल युथ क्लबसिएमजी संकटा क्लबमनाङ मस्र्याङ्दी क्लबनेपाल पुलिस क्लबदाजिलिङ युनाइटेड क्लब, भारत रहेका छन्।
प्रतियोगितामा प्रथम हुनेले ८ लाख ८० हजार, द्वितीय हुनेले ५ लाख ५० हजार पुरस्कार र शिल्ड पाउने जिल्ला फुटबल संघका अध्यक्ष दिघबहादुर केसीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।