काठमाडौं– पाँचौ ओपन रोड रेसमा विभगाीय त्रिभुवन आर्मी क्लबका गजेन्द्र राई र विश्वरुपा बुढाले उपाधि जितेका छन्।
शनिबार बिहान भएको रोड रेसमा आर्मीका गजेन्द्रले निर्धारित ५ किलोमिटर दुरी १५ मिनेट २७ दशमलब २५ सेकेण्डमा पुरा गर्दै उपाधि हात पारे। आर्मीकै हरि कुमार रिमाल दोस्रो तथा अआर्मीकै टिकाराज कटुवालले तेस्रो स्थान हात पारे। हरिले निर्धारित दुरी १५ मिनेट ३५ सेकेण्डमा पुरा गर्दा टिकाराजले १५ मिनेट ३५ दशमलब ५० सेकेण्डमा दुरी पार गर्दै तेस्रो स्थान हात पारे।
महिला खुल्लातर्फ आर्मीकी विश्वरुपा बुढाले निर्धारित ५ किलोमिटर दुरी १८ मिनेट १ दशमलव ६६ सेकेण्डम पुरा गर्दै च्याम्पियन बनिन्। दोस्रो भएकी धादिङकी सन्तोषी श्रेष्ठले १८ मिनेट २० दशमलव २९ सेकेण्डमा दुरी पुरा गरिन् । विभागी नेपाल पुलिस क्लबकी राजपुरा पचहाईले १८ मिनेट ३२ दशमलव २० सेकेण्डम दुरी पार गर्दै तेस्रो स्थान हात पारिन्। खुल्लातर्फको पुरुष र महिलातर्फको विजेताले समान २५ हजार रूपैया हात पारे। दोस्रो भएकाले १५ हजार रूपैया तथा तेस्रो भएकाले समान १०–१० हजार रूपैया पाए।
ब्वाइज ओपनमा सन्तोषनाथ योगी पहिलो, नविन कार्की दोस्रो र आलोक थापाले तेस्रो स्थान हात पारे। गल्र्स ओपननमा विनिता स्याङतेनले पहिलो, विलाक्षी गौतमले दोस्रो र एलिना केसीले तेस्रो स्थानहात पारिन्। विजेताले १० हजार रूपैया, दोस्रोले ५ हजार तथा तेस्रो भएकाले २ हजार ५ सय रूपैया पाए।
अल्मुनाईतर्फ पुरुषमा पेम्वा शेर्पा र महिलामा रविना श्रेष्ठ च्याम्पियन बने। उनीहरुले समान १०–१० हजार रूपैया पाए। इन हाउस अभिभावकतर्फको महिलामा राष्ट्रिय कराते खेलाडी अनु अधिकारीले पहिलो स्थान हात पारिन् । सुनिता राई दोस्रो तथा करातेकी नै तार गुरुङले तेस्रो स्थान हात पारिन् । पुरुषतर्फ भेग बहादुर पहारी, किरण राई र निमा दोर्जे लामा क्रमश पहिलो, दोस्रो र तेस्रो भए।
विजयी खेलाडीहरुलाई प्रदेश नम्वर ३ का सरकार अनुराधा कोइराला, पुर्व सभासद् गीता राणा, स्कुलकी प्रिन्सिपल बीना बानु र स्कुलका प्रवन्ध निदर्शेक शाकिर उद्धिनले पुरस्कृत गरेको मन्डेकाजी श्रेष्ठले जानकारी गराए।
सोही अवसरमा विश्व बडिबिल्डिङ च्याम्पियनसिपमा नेपालाई स्वर्ण दिलाएका महेश्रर महर्जनलाई २५ हजार रूपैयासहित विशेष सम्मान गरिएको मन्डे काजी श्रेष्ठले जानकारी गराए। करिव १ हजार जना धावकले प्रतिस्पर्धा गरेको म्याराथन प्यारागन स्कुल प्राङ्गण तिलगङ्गाबाट शुरु भए र गौशला, बत्तिसपुतली, पुरानो बानेश्वर, सिनामङ्गल, एयरपोर्ट हुँदै स्कुल प्राङगणमा आएर टंगिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।