काठमाडौं– ख्यातिप्राप्त बडिबिल्डर रोली विङ्कलारले शनिबार प्रज्ञा भवनमा आफ्नो प्रस्तुती दिएका छन्।
आइएफबिबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप २०१९ का दौरान उनले आफ्नो प्रस्तुती दिएका हुन्। उनले आफ्नो सुगठित शरीरको विभिन्न पोज देखाएका थिए।
च्याम्पियनसिपको गेस्ट पोजरको लागि नेपाल आएका उनले स्टेजमा पाँच मिनेटमा पोज देखाएका थिए। त्यसपछि उनले दर्शकदिर्घामै पुगेर पोज दिएका थिए। यस्तै उपस्थित दर्शकका लागि उनले सेल्फी खिचाँएका थिए।

उनले नेपाल आउँदा धेरै खुसी लागेको बताए। साथै यो पटक थोरै अवधिका लागि नेपाल आएको र अर्को पटक फेरि नेपाल आउने समेत बताए। उनले नेपाली दर्शकलाई धन्यवाद दिँदै भनेका थिए,'मैले इन्डियामा मात्र केजी दर्शक हुन्छन भन्ने सोचेको थिए। नेपालमा त झन् क्रेजी दर्शक रहेछन्।'

उनी यस वर्षको आर्नोल्ड क्लासिक विजेता हुन्। द विस्ट' र 'सामुराई' को उपनामले चिनिने उनी विश्वको सबैभन्दा ठूलो ज्यान भएका व्यक्ति हुन्। उनको हातको पाखुरा मात्र २४ इन्चको छ। सन् २०१३ देखि लगातार मिस्टर ओलम्पियामा प्रतिस्पर्धा गरेका विङ्कलार २०१८ मा तेस्रो भएका थिए।
तीन पटकका मिस्टर नेपाल र दुई पटकको धर्मश्री च्याम्पियन सानु गुरुङले आइएफबीबीको फेन्चाइज नेपाल भित्र्याएर प्रो क्वालिफायर आयोजना गरेका हुन्।







सबै तस्बिरः निमेषजंग राई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।