काठमाडौं– प्रहरीलाई १ सय रुपैयाँ घुस दिनेलाई प्रहरीले पक्राउ गरेको छ।
दक्षिणकाली नगरपालिका-५ नारायणस्थानबाट प्रहरीलाई १ सय रुपैयाँ दिने सर्लाही बाग्मती नगरपालिका राजगढ बस्ने २० वर्षीय सञ्जिव थापालाई प्रहरीले पक्राउ गरेको हो।
उक्त स्थानमा हेटौंडाबाट काठमाडौं आउँदै गरेको बा १ ज ३८०१ नम्बरको टाटा सुमो जाँच गर्ने क्रममा चालक थापाले उक्त रकम प्रहरीलाई दिएपछि ईलाका प्रहरी कार्यालय फर्पिङबाट उनलाई खटिएको प्रहरीले पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।