काठमाडौं– धनगढी प्रिमियर लिग (डिपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत शनिबार विहानका लागि तय भएको काठमाडौं गोल्डेन्स् र विराटनगर किंग्सबीचको खेल रद्द भएको छ। धनगढीको फाप्ला मैदानमा पानी जमेका कारण खेल सुरु नै नभइ रद्द भएको हो। लगातार पानी पारेका कारण मैदानमा पानी जमेकाले खेल हुन नसकेको हो।
खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाडेका छन्। अंक बाडेसँगै काठमाडौं ३ खेलबाट ५ अंकसहित शीर्ष स्थानमा छ। काठमाडौंले यसअघि लगातार २ खेलमा जित हात पारेको थियो। विराटनगर ४ खेलबाट ४ अंक जोडेर चौथो स्थानमा छ। विराटनगरले यसअघि १ खेलमा जित र १ खेलमा हार बेहोरेको थियो। एक खेल भने वर्षाका कारण रद्द भएको थियो।
वर्षाका कारण शनिबारका लागि तय भएको धनगढी स्टार्स र महेन्द्रनगर यूनाइटेडबीचको दोस्रो खेल पनि रद्द गरिएको छ। खेल रद्द भएसँगै दुवै टिमले १–१ अंक बाडेका छन्।
यता घरेलु टिम धनगढी समूह चरणबाटै बाहिरिएको छ। यसअघि लगातार ३ खेलमा जित हात पारेको धनगढीले ४ खेलबाट १ अंक मात्र जोडेको छ। धनगढीले अब अन्तिम खेलमा जित हात पारे पनि प्ले अफमा पुग्न पर्याप्त हुने छैन। महेन्द्रनगरले भने ४ खेलबाट २ अंक जोडेको छ। महेन्द्रनगरको प्लेअफ पुग्ने सम्भावना बाँकी नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।