• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

एक वर्षमा भएका यी चर्चित अपराध, जसका दोषी अझै पत्ता लागेनन्

64x64
नारायण अधिकारी शनिबार, फागुन ४, २०७५  १२:०८
1140x725

काठमाडौं– एक वर्षअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेपछि रामबहादुर थापा ‘बादल’ले आफ्नो ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरे। 

उक्त कार्ययोजनाको मन्तव्यमा गृहमन्त्रीले आफ्नो छोटो भनाइ पनि समावेश गरेका थिए। 

‘मुलुकमा शान्ति सुरक्षा, अमनचैन र स्थिरता कायम गर्नु गृह प्रशासनको मुलभूत कार्य हो। यसका साथै शान्ति सुरक्षाको चुनौतीको रुपमा रहेका दृश्य, अदृश्य अवाञ्छित तत्वहरुलाई निस्तेज पार्नु र समाजमा हुने गरेका जघन्य अपराधका घटना न्यूनीकरण गर्नु र त्यस्ता अपराधमा संलग्नलाई जतिसक्दो चाँडो कानुनी कठघरामा उभ्याउनु गृह मन्त्रालयको कर्तत्वय ठानेको छु,’ गृहमन्त्रीको मन्तव्यमा लेखिएको थियो।

त्यस्तै प्रहरी महानिरीक्षकमा नियुक्त भएपछि सर्वेन्द्र खनालले पनि आफ्नो १० बुँदे प्राथमिकता सार्वजनिक गरे। जसको दोस्रो बुँदामै लेखिएको छ, ‘संगठित अपराध, जधन्य अपराध, महिला तथा बालबालिकमाथिको अमानवीय कार्यप्रति कानुनी कठोरता।’

गृहमन्त्रीको एक वर्षे कार्यकाल पूरा भएको छ भने आइजिपी खनालको एकवर्षे कार्यकाल पूरा हुन केही दिनमात्रै बाँकी छ। तर गृहमन्त्री र आइजिपीका प्रतिबद्धता अनुसार काम भने हुन सकेको छैन।

गृहमन्त्री र आइजिपीका यी प्राथमिकता र प्रतिबद्धताबाट अपराधको न्यूनीकरण हुने विश्वास गरिएको थियो। तर यसैवर्ष अन्य वर्षको तुलनामा बलात्कार र हत्याका घटना बढेको प्रहरीको तथ्यांकले नै देखाउँछ। तीमध्ये केही घटनाका अपराधीलाई पक्राउ गरेर कानुनी दायरामा ल्याइएको छ भने केही घटनाका दोषी अझै पहिचान हुन सकेका छैनन्। जसका कारण प्रहरी प्रशासन र गृह मन्त्रालयको चौतर्फी आलोचनासमेत हुने गरेको छ।

गृह र प्रहरी प्रशासनलाई आलोचित बनाउने केही घटना

निर्मला पन्तको बलात्कारपछि हत्या
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको सात महिना पुग्न लागेको छ। तर, घटनामा संलग्न अपराधीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन।

Ncell 2
Ncell 2
nimb
nimb

निर्मलाका बुबा–आमासहितको मानवअधिकारवादीको एक टोलीले राष्ट्रपति, प्रधानमन्त्री, गृहमन्त्री तथा प्रतिपक्ष दलका नेता लगायतसँग भेट गरी हत्यारालाई कानुनी दायरामा ल्याउन मागसमेत गरे। मागको सुनुवाइ नभएको भन्दै निर्मलाका बुबाले अनसनसमेत सुरु गरेका थिए। अनसनस्थलमै बिरामी भएपछि उनको उपचार काठमाडौं ल्याएर गरिएको थियो। सरकारले पटक–पटक हत्याराको नजिक पुगिएको बताउँदै आयो। 

अझ रक्षामन्त्री ईश्वर पोखरेलले त हत्यारा पक्राउ परिसकेको र केही दिनमै सार्वजनिक गरिने समेत सार्वजनिक अभिव्यक्ति दिएका थिए।

अनुसन्धान जारी राखिएको र हत्यारालाई जुनकुनै हालतमा पनि छिट्टै पक्राउ गर्ने बताइहँदा व्यवहारमा भने अनुसन्धानको प्रगति भने शून्यको अवस्थामा छ। जसकारण नेपाल प्रहरी र गृह प्रशासनको चौतर्फा आलोचना भइरहेको छ। 

घटनाका बारेमा छानबिन गर्न गठित उच्चस्तरीय समितिले आफ्नो प्रतिवेदन बुझाइकेको अवस्था छ। अनुसन्धानमा खटिएका प्रहरी, छानबिन समितिका सदस्य हुन् या सरकार र सर्वाधारण नै किन नहुन्, सबैसामु सुरुदेखिकै एउटै प्रश्न जीवित छ– आखिर निर्मलाको हत्या कसले गर्यो?

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत साउन १० गते साथी रोशनी बमको घरमा जान्छु भनेर हिँडेकी बालिका पन्तको शव ११ गते उखुबारीमा भेटिएको थियो। 

हत्या भएपछि जघन्य अपराधको घटनामा पनि अपराधी पक्राउ पर्न नसकेपछि तत्कालीन अवस्थामा प्रहरी प्रधान कार्यालयले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुसन्धानमा खटिन निर्देशन दियो।  सिआइबीबाट अनुसन्धानमा खटिएका डिएसपी अंगुर जिसीको टोलीले हत्याको अनुसन्धान गरिरहेको थियो। हत्यारा जतिसक्दो चाँडो पक्राउ गरेर सार्वजनिक गर्नु भन्दै चौतर्फी दबाब थियो।

डिएसपी जिसीको टोलीले हत्यारा दिलिपसिंह विष्ट रहेको भन्दै सार्वजनिक गर्यो। निर्मलाको योनीको ‘भेजिनल स्वाब’मा भएको वीर्यसँग विष्टको डिएनए नमिलेपछि उनी रिहा भए। 

अनुसन्धानमा लापरबाही गरेको भन्दै अनुसन्धानमा खटिएका केही प्रहरी बर्खास्तमा परे, केही निलम्बनमा छन्। हत्यारा सार्वजनिक गर्नुपर्ने भन्दै आन्दोलन चर्किंदो थियो। सो क्रममा १४ वर्षीय सन्नी खुनाको ज्यान गयो। केही घाइते भए। 

हत्याको अनुसन्धान गर्न भन्दै सिआइबीका तत्कालीन एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा अर्को समिति गठन भयो। उक्त समितिले अनुसन्धान गरिरहेको छ।

त्यसैगरी कञ्चनपुरकै स्थानीय प्रहरी, एसपी दुर्गा सिंह नेतृत्वको प्रहरी टोली, विशेष ब्युरोबाट खटिएका सादा पोसाकका प्रहरी टोलीले हत्याको अनुसन्धान गरिरहेका छन्। तर हत्या अनुसन्धानको प्रगति भने शून्य अवस्थामा छ। यसबारे सिआइबीका प्रवक्ता एसपी उमा चर्तुवेदीले अनुसन्धान कठिन भएकाले अहिलेनै पत्ता लाग्छ लाग्दैन भन्न सक्ने अवस्था नरहेको बताए।
डिएनए नमुना जाँचका लागि विदेश पठाउने तयारी
केही दिनअघि मात्रै राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनएको वैधानिकतामाथि नै प्रश्न उठाएको थियो। स्वाबबाट निकालिएको डिएनए जाँच पक्रिाया नै त्रुटिपूर्ण भएको आयोगले निष्कर्ष निकाल्नु र अपराध स्वीकार गरेका व्यक्तिको डिएनए नमिल्ने गरेकाले डिएनए जाँचका लागि नमुना विदेश पठाउने तयारी भएको स्रोतले जानकारी दिएको छ। यसबारे प्रहरी प्रधान कार्यालयले विज्ञहरुसँग छलफल गरिरहेको जनाएको छ।

प्रहरी बयानमा अभियुक्त भनिएकाहरुले हत्या र बलात्कार स्विकार गर्नु तर डिएनए नमिल्नुले निर्मला हत्या काण्ड झनै रहस्यमय बन्दै गएको छ।

पूर्वराजदूत हत्याको रहस्य अझै खुलेन
यस वर्ष प्रहरी प्रशासन र गृहकलाई आलोचित बनाउने अर्को घटना हो, पूर्व राजदूत केशवराज झाको हत्या। झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको ६ महिना बितिसकेको छ। गत भदौ ३ गते राति चक्कु प्रहारबाट ८० वर्षीय वयोवृद्ध झाको हत्या भएको थियो। हत्यालगत्तै अनुसन्धानमा जुटेको प्रहरीले अहिलेसम्म हत्यारा नजिक पुग्न सकेको छैन। यद्यपि प्रहरीले अनुसन्धान भने जारी नै राखेको छ।

महानगरीय प्रहरी अपराध महाशाखाले झाको हत्यालाई रहस्यमय मध्येको एक भएको बताएको थियो। अनुसन्धानमा खटिएको महाशाखाले अहिलेसम्म उनको हत्या किन र कसले गर्यो पत्ता लगाउन सकेको छैन। हत्याको अनुसन्धान गरिरहेका महाशाखाका एसपी सोमेन्द्रसिंह राठौर भन्छन्, ‘एकदमै प्रोफेसनल तरिकाले हत्या गरिएको छ। यस्तो जटिल केसका अनुसन्धान लामो समयसम्म पनि जान सक्छ।’

अहिलेसम्म अनुसन्धानमा प्रगति नभएको राठौरको भनाइ छ। सोधपुछ र बयान लिने काम बाहेक प्रहरीले नयाँ तथ्य फेला पार्न सकेको छैन। प्रहरीले झा हत्याको अनुसन्धानको सिलसिलामा अहिलेसम्म ४ सय जनाभन्दा बढीसँग सोधपुछ गरिसकेको जनाएको छ। तर परिणाम  शून्य छ।

झ्याल बन्द हुनु र कोठाको ढोका खुल्ला हुनु, गेटमा बसेको पालेले कोही आए गएको थाहा नपाउनुले आशंका गर्ने ठाउँ भएको प्रहरी स्रोतले बतायो। 

यतिमात्रै होइन, झाको भान्साकोठाको चक्कुबाटै उनको हत्या हुनु र झ्यालको जाली पटक–पटक च्यातिएको हुनुले हत्या गरेर घटना अन्यत्र मोड्न नाटक गरेको देखिएको बताइन्छ। 

झाको हत्या आरोपमा महाशाखाको टोलीले झाकै घरमा पाले बसेका सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो। भदौ २९ गते ८/८ हजार रुपैयाँ धरौटीमा उनीहरु छुटेका थिए। उनीहरुको पोलिग्राफ परीक्षण र नार्को समेत गरिएको थियो। पछि उनीहरु निर्दोष देखिएपछि छुटेका थिए।

उनीहरु छुटेपछि प्रहरीलाई हत्यारा पत्ता लगाउन थप चुनौती थपिएको थियो। यद्यपि पक्राउ परेर छुटेका निर्दोष देखिए पनि प्रहरीले भने उनीहरुमा निगरानी बढाइरहेको छ। महाशाखाका एसपी राठौर भन्छन्, ‘उनीहरु छुटेका मात्रै हुन्। हाम्रै निगरानीमा छन्। केही क्लु फेला परे फेरि पक्राउ पर्न सक्छन्। हामीले अनुसन्धान गरिरहेका छौं।’

रहस्यमै खुर्सिद हत्याकाण्ड
भदौ ४ गते सुनसरीकै भुटाहमा मुस्लिम अगुवा खुर्सिद आलमको हत्या भएको थियो। विद्यालयको बैठक सकेर घर फर्कने क्रममा उनको हत्या भयो। हत्यालगत्तै भुटाहा बजार तनावग्रस्त बन्यो। सहिद घोषणालगायत पीडितको परीवारलाई १० लाख रुपैयाँ सरकारले प्रदान गर्यो। उनीहरुले सरकारबाट केही आश्वासन त पाए तर हत्या भएको ६ महिना बितिसक्दा न्यायन भने पाउन सकेका छैनन्।

खुर्सिद मुस्लिम समुदायका अगुवा नेता हुन्। चार छोरी र तीन छोराका बाबु खुर्सिदको हत्यापछि परिवार अभिभावकविहीन भएको छ।

खुर्सिदको हत्या लगत्तै छानबिन टोली गठन समेत भयो। एसएसपी किशोर कुमार दाहालको नेतृत्वमा बनेको टोलीले अझैसम्म अनुसन्धान गरिरहेको छ। तर, अहिलेसम्म अपराधी पत्ता लागेको छैन।

आफ्नै स्वामित्वको स्कुल पढाएर उनी बजार गएका थिए। बजारबाट घर जाने क्रममा उनलाई दुईवटा मोटरसाइकलमा आएका चार जना भारतीयले गोली हानेर भागेका थिए। 

सुरुमा दाहिने खुट्टामा गोली हानिएको थियो त्यसपछि कन्चटमा गोली हानेर हत्या गरिएको थियो। आलम मोटरसाइकलमा छिमेकी अमिन मियाँसँग बजारबाट घर जान लागेका थिए। आफैंले सञ्चालन गरेको स्कुल नजिक पुगेपछि भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएको समूहले आलमको मोटरसाइकल छेकेर गोली हानेका थिए। 

घटनास्थल भारतीय सीमा नाकाबाट ७ किलोमिटर टाढा छ। गोली प्रहार गरी भाग्ने क्रममा घुस्की नाकाको प्रहरीले हत्यारालाई रोक्न खोज्दा प्रहरी जवान शिव पौडेललाई समेत गोली प्रहार भएको थियो। घटना भएको ६ महिना बितिसक्दा समेत खुर्सिदका हत्यारा अझै पत्ता लाग्न सकेको छैन।

प्रदेशसभा उम्मेदवारको हत्या
गत मंसिर ७ गते कपिलवस्तुको शुद्धोधन गाँउपालिका–४ मोतीभारीका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजा बाबु) को हत्या भयो। उनी कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेका थिए।

घर नजिकै राति टाउकामा ४ राउन्ड र कोखमा १ राउन्ड गोली उनीमाथि प्रहार गरिएको थियो। गोली प्रहारपछि गम्भीर घाइते राजाबाबुलाई लवनीस्थित स्थानीय मेडिकल हलमा उपचार गर्न लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि भैरहवास्थित मेडिकल कलेजमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। 

शुद्धोधन गाउँपालिका–४ मोतिभारीका अजित पाण्डेयसहित ७ जनाविरुद्ध चौधरीका आफन्तले किटानी जाहेरी दिएका थिए। केही त्यसबेलै पक्राउ परेका थिए भने अजितलगायत केही अझै फरार छन्।

सांसदलाई कन्चटकै ताकियो बन्दुक! 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद निरु पाललाई कन्चटमा बन्दुक ताकेर लुटिएको भनिएको घटनाको निष्कर्षमा प्रहरी पुग्न सकेन। निकै गम्भीरताका साथ अनुसन्धान सुरु गरिएको भनिए पनि उक्त घटनाको सत्यता के हो भन्ने कुरा अहिलेसम्म बाहिर आउन सकेको छैन।

साउन १५ गतेराति ८ बजे बानेश्वरस्थित निवासबाट दूध किन्न निस्केका बेला पाललाई अज्ञात बन्दुकधारीले पेस्तोल देखाएर धम्काएको र मोबाइल लुटिएको भन्दै सांसद पालले संसदमै उक्त कुरा बताएकी थिइन्।

त्यसबेला प्रधानन्यायाधीशमा सिफारिस दीपकराज जोशीबारे संसदीय सुनवाइ समितिमा छलफल चलिरहेको थियो । छलफल चलिरहेकै बेला समितिकी सदस्यलाई बन्दुक देखाइएको भन्दै प्रहरी प्रधान कार्यालयले समितिका सबै सदस्यको सुरक्षामा प्रहरी समेत खटाएको थियो। 

लगत्तै तत्कालीन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा समिति गठन गरेर अनुसन्धानै गठन गरियो।

बानेश्वर क्षेत्रबाट ८० जनाभन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान पनि गरेको थियो। तर घटना झुटो वा सत्य? प्रहरीले निष्कर्ष निकाल्न सकेको छैन।

यस्ता केही घटनाले गर्दा गृह प्रशासन र प्रहरीलाई चौतर्फी आलोचित बनाएको छ। तर केही घटनाको भने प्रहरीले सफल अनुसन्धान पनि गरेको छ।

प्रकाशित मिति: शनिबार, फागुन ४, २०७५  १२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्