काठमाडौं– अस्ट्रेलियाको बिग बास लिग (बिबिएल) टी–२० क्रिकेट प्रतियोगिताको लागि मेलवर्न डर्बी भिडन्त हुने भएको छ।
आइतबार नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने आबद्ध मेलवर्न स्टार्सले मेलवर्न रेनेगेड्ससँग प्रतिस्पर्धा गर्ने पक्का भएको हो। खेल रेनेगेड्सको घरेलु मैदानमा हुनेछ।
रेनेगेड्सले शुक्रबार भएको दोस्रो सेमिफाइनलमा सिड्नी सिक्सर्सलाई ३ विकेटले पराजित गर्दै स्टार्ससँगको भेट पक्का गरेको थियो। त्यसअघि स्टार्सले होबर्ट हुरिकेन्समाथि जित निकालेर फाइनलमा स्थान बनाएको थियो।
यसैबीच स्टार्सको प्रारम्भिक टिममा नेपालका युवा बलर सन्दीप लामिछाने परेका छन्। खेल हुनु एक दिन अघि १३ खेलाडीको नाम सार्वजनिक गर्नु पर्ने प्रावधानअनुसार सन्दीपले टिममा परेका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।