खलङ्गा- जुम्ला चन्दननाथ नगरपालिका निवासी एक ओभरसियरको विद्युतको नहर बनाउने बाटो सर्भे गर्न जाँदा चिप्लिएर मृत्यु भएको छ।
चन्दननाथ नगरपालिका–१० निवासी निरज बिष्टको तिला गाउँपालिका–७ तुई भन्ने स्थानमा चिप्लिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। नहर सर्भेका क्रममा चिप्लँदा तिला नदीको छेउमा पुगेका उनको उपचारका क्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएपछि मृत्यु भएको प्रहरी जनाएको हो।
तिला गाउँपालिकामा प्रतिनिधिसभा सांसद विकास कोष र तिला गाउँपालिकाको लगानीमा सुरु गरिएको करिब एक मेगावाटको विद्युत् निर्माण कार्यका लागि उनी खटिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।