भक्तपुर– सूर्यविनायक नगरपालिका– ७ गुण्डुमा ' एकीकृत घुम्ती सेवा' सेवा सुरु भएको छ।
पूर्व उधोगमन्त्री तथा भक्तपुर प्रतिनिधि सभा सदस्य महेश बस्नेतको सहयोग र नेपाली सेनाको वीरदल गणको व्यवस्थापनमा शुक्रबारदेखि सेवा सुरु भएको हो।
गाउँकै एक सेवाग्राहीलाई नागरिकता हस्तान्तरण तथा स्वास्थ्य परिक्षण गराउँदै शिविरको उद्घाटन सांसद महेश बस्नेतले गरेका थिए।
शिविर उद्घाटन गर्दै सरकारको लक्ष्य अनुरुप जनतालाई सहज सेवा प्रदान गर्नु र सुशासनको प्रत्याभुति दिलाउनु अभियानको मुख्य उदेश्य रहेको सांसद बस्नेतले बताए।
राज्यका तिनै तहका प्रतिनिधिहरूको सहभागिता रहने उक्त अभियानको प्रशासनिक सेवाको नेतृत्व प्रमुख जिल्ला अधिकारीले नै गर्ने उनले बताए।
उक्त सेवा महिनाको पहिलो शुक्रबार फरक फरक वडामा सञ्चालन हुने बस्नेतले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।