काठमाडौं– एनसिएल स्पोर्ट्स प्रालिले 'एनसिएल वुमन्स टि २० क्रिकेट लिग' आयोजना गर्ने भएको छ।
एनसिएल वोमन्स टी-२० आगामी चैत्र १ देखि ९ गते सम्म विराटनगरमा आयोजना हुनेछ। लिगमा ४ सहरका ४ फ्रेन्चाइज टिमको सहभागिता हुनेछ।
प्रतियोगिता विराटनगरको बैजनाथ क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा टिमहरुले अक्सनमार्फत खेलाडी छनोट गर्नेछन्।
यसअघि क्विन्स इभेन्ट प्रालिले पनि चैत अन्तिम साता वुमेन च्याम्पियन्स लिग गर्ने घोषणा गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।