काठमाडौं- स्वास्थ्य सेवा विभागमा कार्यरत उपसचिब बाबुराम लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामिछानेविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो।
यातायात व्यवस्था कार्यालय गण्डकी अञ्चल पोखरामा शाखा अधिकृतका रुपमा काम गर्दा उनले भाडाका सवारीसाधन नियम विपरीत दर्ता गर्ने गरेका थिए। पुरानो सवारीसाधन विस्थापित गर्दा प्रक्रिया नपुर्याई विस्थापन गरी नयाँ सवारीसाधन दर्ता गरेको आरोप उनीमाथि लागेको छ।
उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार सजाय मागदावी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।