कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ पारिफाँटामा शुक्रबार बिहान चट्याङ लागेर आमाछोरा घाइते भएका छन्।
इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीका अनुसार घाइते गौरा खत्री र उनका १४ वर्षीय छोरा दिपेश खत्री घाइते भएका छन्।
घाइते दुवैको झलारी बजारमा रहेको निजी मेडिकलमा उपचार भइरहेको छ। दुवैको अवस्था सामान्य रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।