काठमाडौं– नेपाली सेनाका ब्यारेकहरुलाई प्लास्टिकमुक्त क्षेत्र बनाइने भएको छ।
जंगीअड्डा परिसरमा शुक्रबार एक कार्यक्रम गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले जंगी अड्डालाई प्लास्टिकमुक्त क्षेत्र घोषणा गरेका छन्।
प्रधानसेनापति थापाले प्लास्टिकको प्रयोगलाई सांगठनिक रुपमै निरुत्साहित गर्न जंगी अड्डाबाट सुरु गरिएको बताए। यस अभियानलाई नेपाली सेनाको सम्पूर्ण युनिटहरुले अभियानका रुपमा अगाडि बढाई ब्यारेक इलाकालाई प्लास्टिकमुक्त क्षेत्र कायम राख्न निर्देशनसमेत दिए।
प्रधानसेनापति कमाण्ड मार्गनिर्देशन २०७५ मा रहेको वातावरण तथा पर्यावरणमा नेपाली सेनाको प्रतिबद्धता अनुसार जंगी अड्डालाई प्लास्टिकमुक्त क्षेत्र बनाइएको सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।