दाङ– चट्याङ लागेर दाङको एक घरमा आगलागी भएको छ भने एक महिला घाइते भएकी छिन्।
शुक्रबार बिहान करीब तीन बजे गढवा गाउँपालिका–७, विजयपुरस्थित बालाराम बिकको घरमा चट्याङ पर्दा आगलागी भएको प्रहरीले जनाएको छ। आगोमा परि बिककी श्रीमती मोति बिक घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
आगोले जलेर घाइते भएकी मोतीको स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि बाँके रिफर गरिएको छ।
घरमा लागेको आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको प्रहरी नायव उपरिक्षक रामप्रसाद घर्तीले जनाकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।