वासिङ्टन- अमेरिकी संघीय बजेट घाटा सन् २०१८ को डिसेम्बरमा १३.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी ट्रिजरी डिपार्टमेन्टले बुधबार बताएको छ।
अघिल्लो वर्षको सोही महिनाको तुलनामा बजेट घाटामा ४० प्रतिशतले कमी आएको हो। अघिल्लो वर्षको डिसेम्बरमा संघीय घाटा बजेट २३.२ अर्ब अमेरिकी डलर रहेको थियो। अमेरिकाको सम्पूर्ण खर्चमा गत वर्षको तुलनामा ४ प्रतिशतले कमी आएको छ भने अमेरिकाको सम्पूर्ण राजस्व संकलनमा गत वर्ष ६.६ प्रतिशतले कमी आएको छ।
आर्थिक वर्ष २०१९ का लागि पहिलो तीन महिना, अक्टोबर, नोभेम्बर र डिसेम्बर, मा बजेट घाटा ३ खर्ब १८ अर्ब ९० करोड अमेरिकी डलर रहेको देखिएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतको बढी हो।
नियमित तालिकाअनुसार उक्त तथ्याङ्क जनवरीको अन्त्यमा सार्वजनिक हुनुपर्नेमा ट्रम्प सरकार र संसदबीचको विवादका कारण सरकारी कार्यालयमा भएको ३५–दिन लामो आंशिक बन्दका कारण ढिलो गरी सार्वजनिक भएको छ।
अमेरिकाको गत वर्षको डिसेम्बरमा उच्च तीन ठूला खर्चहरू, सामाजिक सुरक्षामा ८४ अर्ब अमेरिकी डलर, राष्ट्रिय सुरक्षामा ५७ अर्ब अमेरिकी डलर र स्वास्थ्यमा ४८ अर्ब अमेरिकी डलर रहेको तथ्याङ्कमा उल्लेख छ।
अमेरिकाको सार्वजनिक ऋण फेब्रुअरी ११ सम्ममा २२.०१ ट्रिलियन डलर रहेको र यो अहिलेसम्मकै उच्च रेकर्ड हो।
वासिङ्टनस्थित बजेट अध्ययन गर्ने स्वतन्त्र संस्था, ट्याक्सपेयर फर कमन सेन्सका कार्यकारी उपाध्यक्ष स्टेफेन एलिसले दिएको जानकारी अनुसार अमेरिकाको कुल ग्राहस्थ उत्पादनको कर्जा एक तहमा विगत केही दशकदेखि देखिने गरेको छैन। रासस÷सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।