काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको जम्मु काश्मिरमा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी प्रधानमन्त्री ओलीले दुःख व्यक्त गरेका हुन्।
भारत प्रशासित काश्मिरमा सरकारी सुरक्षा फौजलाई लक्षित गरी बिहीबार आक्रमणमा भएको थियो। सो आक्रमणमा परी कम्तिमा १२ जना भारतीय सुरक्षाकर्मीको मृत्यु भएको थियो।
सो घटनामा ज्यान गुमाएका सैनिकप्रति श्रद्धाञ्जली तथा परिवारप्रति प्रधानमन्त्री ओलीले समवेदना प्रकट गरेका हुन्।
'काश्मिरको प्रमुख शहरबाट करिब २० किलोमिटर टाढा राजमार्गमा गुडिरहेको सैनिक गाडीहरूको समूहलाई लक्षित गरी थापिएको विद्युतीय धरापमा परी १२ सुरक्षाकर्मीको मृत्यु भएको छ', विशेष प्रहरी अधिकारी मुनिर अहमद खानले एएफपीलाई बताए।
तर भारतीय समाचार संस्था पीटीआईले उक्त आक्रमणबाट १८ जना सुरक्षाकर्मीको मृत्यु भएको बताएको छ।
आक्रमणमा परी केही सुरक्षाकर्मी घाइते भएका भएपनि उनीहरूलाई घटनास्थलबाट तत्काल उपचारका लागि अस्पताल पठाइएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।