जाजरकोट– नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ। दुर्घटनामा ३ जनाको शव फेला परेको र ५ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ।
जाजरकोटको खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब २ सय मिटर तल भे १ ख १३२९ नम्बरको बस बिहीबार साँझ नदीमा खसेको इन्सपेक्टर केशर कार्कीले बताए।
उनका अनुसार बसमा ३ स्टाफ, १ जना महिला सहित ८ यात्रु रहेका थिए।
घटनाको थप विवरण आउन बाँकी रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।