काठमाडौं– अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङ फिल्म 'लभ स्टेसन'को नयाँ गीत 'घाम जुन चाहिँदैन...' सार्वजनिक भएको छ।
बिहीबार प्रणयदिवसको अवसर पारेर फिल्मको उक्त गीत सार्वजनिक भएको हो। फिल्मको ‘घाम जुन चाहिँदैन...’ बोलको गीतमा दीपक शर्माको शब्द संगीत तथा सुगम पोखरेल र रेश्मा पुन मगरको स्वर सुन्न सकिन्छ।
गीतमा अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गरुङको प्रेमभाव प्रस्तुत गरिएको छ। भियतनाम र इन्डोनेसियाका विभिन्न ठाँउमा छायांकन गरिएको गीतको भिडियो निकै उत्कृष्ट देखिन्छ।
पारिवारिक प्रेम कथा ‘लस्ट एन्ड फाउन्ड’ को स्टोरीमा आधारित फिल्म ‘लभ स्टेसन’मा उज्ज्वल घिमिरेको निर्देशन रहेको छ।
फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानालगायतको अभिनय देख्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।