काठमाडौ– विशेष अदालतले मालपोत कार्यालय भक्तपुरका नायब सुब्बासहित तीन जनालाई भ्रष्टाचारी ठहर गरेको छ।
विशेष अदालतबाट घुस लिएको प्रकरणमा दोषी ठहर हुनेमा मालपोत कार्यालय भक्तपुरका नायब सुब्बा ऋषिराम बुढाथोकी, कार्यालय सहयोगी केशवबहादुर खत्री र लेखापढी व्यवसायी विष्णुहरि न्हिुसुतू छन्।
मालपोत कार्यालय अगाडिको खाजा पसलमा सेवाग्राहीसँग ६ लाख १४ हजार रुपैयाँ घुस लिँदै गर्दा अख्तियारको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको थियो। विशेषले उनीहरुलाई पक्राउ परेको रकम बिगो कायम गर्दै भराउने फैसला सुनाएको छ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी र न्यायाधीशहरु प्रमोदकुमार उपाध्याय वैद्य र नारायणप्रसाद रेग्मीको इजलासले तीनै जनलाई दोषी ठहर गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई कर्मचारीसहित एक लेखापढी व्यवसायी विरुद्ध २०७३ फागुन १ गते भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेषले उनीहरुलाई कैद सजाय समेत तोकेको छ।
मालपोत कार्यालयका प्रमुख कमल तिमिल्सिना र महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी निरीक्षक राजकुमार सिलवालको रोहबरमा अख्तियारको टोलीले घुस लिएको रकमसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो।
आयोगमा परेको निवेदनका आधारमा एक सातादेखि निगरानी गरी उनीहरुलाई पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।